पोखरा २९ को मिलीजुली टोलमा भएको भेलाबाट नेकपाले युवराज पौडेल(अर्जुन)को अध्यक्षतामा टोल कमिटी गठन गरेको छ ।
कमिटी सचिवमा सुशीला कुँवर, कोषाध्यक्ष गीता पौडेल र सदस्यमा दीपक पौडेल, होमनाथ बास्तोला, पदमबहादुर जिसी, टेकबहादुर थापा, चित्रबहादुर थापा, पूर्णचन्द्र भण्डारी र नारायण केसी छन् । नवनिर्वाचित अध्यक्ष युवराजले समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्ने अभियानमा दत्तचित्त भएर लाग्ने प्रतिवद्धता गरे ।
कार्यक्रममा पोखरा २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ, नेकपा पोखरा २८ अध्यक्ष तीलकुमारी थापाले पनि बोलेका थिए ।






