राष्ट्रिय सम्पदाका अध्यक्षलाई पितृशोक

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालका अध्यक्ष विष्णुहरि अधिकारीलाई पितृशोक परेको छ । विष्णुहरिका बुवा रामप्रसादको शुक्रबार निधन भएको हो ।

८३ वर्षीय रामप्रसाद बालन नृत्यमा पोख्त थिए । उनका ४ छोरा धर्भराज, गणेशप्रसाद, विष्णुहरि र कृष्णप्रसाद र १ छोरी दुर्गादेवी छन् ।