सत्तारुढ नेकपाका नेता हरिदेव गिरीको काठमाडौँ नयाँबानेश्वरमा शंकास्पद मृत्यु भएको छ ।
काभ्रे घर भएका गिरीको नयाँबानेश्वरको आलोकनगर डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त बानेश्वररले जनाएको छ।
प्याब्सन भक्तपुरका सल्लाहकारसमेत रहेका गिरीको छातीमा निलडाम, नाक तथा ओठमा गहिरो चोट, टाउकोमा धारिलो हतियार प्रयोग गरेर गहिरो चोट र देब्रे खुट्टा भाँच्चिएकाले हत्या नै भएको परिवारको दावी छ ।
मृतकका परिवारले रेष्टुरेन्ट सञ्चालकलगायतका व्यक्तिको घटनामा संलग्नता रहेको दावी गर्दै रेष्टुरेष्टको सीसी क्यामेराको फुटेज समेत मेटाएको पाइएको आरोप लगाएको छ ।
गिरीको मृत्युको कारण नखुलेको र अनुसन्धानका लागि रेष्टुरेन्टका ४ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।






