पोखरा ५ मा नेकपा टोल कमिटी, २ टोलमा महिलाको नेतृत्व

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पोखरा ५ ले वडामा टोल कमिटी गठनलाई तीव्रता दिएको छ । १० टोल कमिटी बनाइने तय भएको वडामा बुधबारसम्म ९ टोल कमिटी बनिसकेका छन् ।

बुधबारमात्रै नेकपाले पोखरा ५ का ४ टोलमा कमिटी गठन गरेको छ । शान्तिटोल रिठ्ठे गौंडा टोल कमिटीमा ज्ञानु गौतमको अध्यक्षमा ९ सदस्यीय कमिटी बनेको छ भने धारापानी टोलमा तिलु भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कमिटी चुनिएको छ । बुधबार नै रातमाटा र पस्र्याङ टोल कमिटी पनि गठन भएका छन् ।

कार्यक्रममा पोखरा ५ का अध्यक्ष धनबहादुर नेपालीले देशको समृद्धि नेकपा नेतृत्वमा मात्र सम्भव हुने बताए । नेकपा नेतासमेत रहेका नेपालीले टोल टोलबाटै विकासको जग बसाउन र पार्टी एकतापछि नयाँ ऊर्जा सञ्चार गर्न टोल कमिटीहरु बनेको बताए । नेकपा पोखरा ५ अध्यक्ष विष्णु बरालले टोल कमिटीहरु सक्रिय भएमात्र पार्टी जनतासम्म पुग्ने बताए । उनले अब वडामा १ टोल कमिटीमात्र बन्न बाँकी रहेको बताए ।

पोखरा ५ की वडा सदस्य अञ्जु क्षेत्रीले समृद्धि, विकास र समुन्नतिको हकदार सबै नेपाली भएको बताइन् । उनले २ वटै टोलमा महिलाको नेतृत्व चुनिएकोमा खुसी व्यक्त गर्दै उनले तल्लो तहबाट नै महिलालाई अवसर दिए विस्तारै सबै क्षेत्रमा महिलाको सम्मानजनक उपस्थिति हुने जनाइन् । अर्का वडा सदस्य उज्ज्वल खत्रीले स्थानीय सरकार बनेपछि विकास र अधिकार जनताको घरसम्मै पुगेको बताइन् ।

कार्यक्रममा वडा सदस्य हरिमाया विश्वकर्मा, नेकपा पोखरा ५ सदस्य लक्षुमन कोइराला, हर्क लामा, केदार कोइराला, सन्दीप कोइराला, क्षेत्रबहादुर बुढा लगायतले बोलेका थिए ।