वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ।
इन्फेक्सनको समस्या भएपछि मनमोहन अस्पतालमा भर्ना गरीएका ७२ वर्षीय शर्माको उपचार क्रममा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
नेपाल टेलिभिजनको स्थापनाकालका सञ्चारकर्मीमध्ये एक र चर्चित टेलिभिजन समाचारवाचक तथा कार्यक्रम प्रस्तोता दुर्गानाथ शर्माको नेपाल टेलिभिजनमा धेरै वर्षसम्म प्रस्तुत गर्ने गरेको विश्व घट्ना निकै लोकप्रिय कार्यक्रममध्ये एक थियो।






