सुनको मूल्यमा गिरावट

बुधबार सुनको मूल्य तोलामा ८०० घटेको घटेको छ ।

मंगलबार ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोला ७५ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ७४ हजार ९०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।

यता चाँदीको मूल्य पनि घटेको छ । मंगलबार ८८० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदी बुधबार ८७५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको महासंघले जनाएको छ ।