यतिबेला बजारहरूमा लसुनको मूल्य ह्वात्तै बढेको छ । कृषि उपज बजार सञ्चालक समिति पोखराले दिएकोे जानकारीअनुसार चीनमा कोरोना भाइरसको संक्रमणसँगै नेपालमा लसुनको मूल्य वृद्धि भएको हो ।
समितिका अनुसार सोमबार कृषि उपज बजारमा सुकेको लसुनको खुद्रा अधिकतम मूल्य प्रतिकिलो ५ सय ६० र अभिकतम थोक मूल्य प्रतिकिलो ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
तर, मंगलबार लसुनको मूल्य बढेर अधिकतम खुद्रा मूल्य प्रतिकिलो ६ सय १० र अधिकतम थोक मूल्य प्रतिकिलो ५ सय ६० रुपैयाँ पुगेको छ ।
समितिका अनुसार तुलनात्मक रूपमा हेर्दा सोमबारको तुलनामा मंगलबार लसुनको मूल्य किलोमै ९ दशमलब ०१ प्रतिशत मूल्य वृद्धि भएको हो ।
त्यसैगरी हरियो लसुनको अधिकतम खुद्रा मूल्य प्रतिकिलो १ सय ५० रुपैयाँ रहेको छ ।




