सांसद चौधरीविरूद्ध संसद सचिवालयमा ठगिको उजुरी

नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीलाई कारबाहीको माग गर्दै संसद सचिवालयमा उजुरी परेको छ ।

सांसद चौधरीले आफूहरूलाई ८ लाख ठगी गरेको भन्दै लीलाबहादुर थापा र कृष्णराज पाण्डेले सचिवालयमा सोमबार उजुरी दिएका हुन् ।

२०७४ सालमा तीन लाख र पाँच लाख रुपैयाँ गरी कूल आठ लाख रुपैयाँ लिए पनि अहिलेसम्म फिर्ता नगरेपछि उजुरी दिनु परेको कांग्रेसका कार्यकर्ता समेत रहेका थापा र पाण्डेले जनाएका छन् ।

कांग्रेस सांसद चौधरी दोस्रो संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । हाल प्रतिनिधिसभामा उनी समानुपातिकबाट सांसद छिन् ।