अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष पदमबहादुर धामीको हत्या गरेर फालेको अबस्थामा शव फेला परेको छ ।
धामीको क्षतविच्छद शव घरदेखि पैदल आधा घन्टा टाढा गोठमा फेला परेकोले हत्या भएको आशंका आफन्त र स्थानीयले गरेका छन् ।
तत्कालिन नेकपा एमालेका उम्मेदवारलाई पराजित गरि वडाध्यक्षमा निर्वाचित भएका धामीको शव मंगलवार विहान फेला परेको हो।
अनुसन्धानका लागि प्रहरी टोली बिहानै घटनस्थल पुगिसकेको र धनगढीबाट तालीमप्राप्त कुकुरसहितको टोली मगाइएको प्रहरीले जनाएको छ ।






