दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध ५ वटा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिजालविरुद्ध चार वटा घुस र अर्को अनुगमनमै नगई भत्ता बुझेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आफ्नो कार्यक्षेत्रभित्रका बिभिन्न मुद्दा सम्बन्धी केश लाग्छ भन्दै कारागारको डरत्रास देखाएर फरक फरक सेवाग्राहीसँग पटक–पटक गरी ५०, हजार, ९०, हजार, ३५, हजार, र ४ लाख लिएको र अनुगमनमा नै नगई कार्यालय बसेर अनियमित तरिकाले ७७ हजार ६ सय बुझेको आरोप पनि मुद्दामा लगाइएको अख्तियारले जनाएको छ ।
सेवाग्राहीसँग घुस लिएको आरोप लागेका दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजाललाई मंसिर २४ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो। उनलाई अख्तयारको टोलीले गत पुस १५ गते नियन्त्रणमा लिएको थियो ।






