फरार बलात्कार आरोपी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले धादिङको गजुरी गाउँपालिका ८ का कृष्ण भनिने हेमन सिंह बस्नेतलाई कुवेततर्फ जादै गर्दा सोमबार पक्राउ गरेको हो ।
स्काभेटर चालकको रुपमा कार्यरत उनले ८ महिना अघि गजुरीकै स्थानीय एक १६ वर्षे युवतीलाई घरमा सुतिरहेको बेला कोठाको ढोका फुटाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
घटनायता फरार रहेका उनी भारतको विभिन्न क्षेत्रमा लुकीछिपी बसेको र पछिल्लो समय त्यहाँबाट फर्किएर वैदेशिक रोजगारीको नाममा कुवेततर्फ भाग्दै थिए ।
उनलाई नियन्त्रणपछि सोमबार नै जिल्ला प्रहरी कार्यालय धादिङ पठाएको प्रहरीले जनाएको छ ।






