प्रमुख प्रशासकीय अधिकृत १ लाख घुससहित पक्राउ

काठमाडौंको चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल र सवारी चालक सञ्चित दुलाल १ लाख घुससहित पक्राउ परेका छन् ।

अधिकृत पौडेलले सूचना, सञ्चार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी विनियोजित रकमबाट घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उजुरी परेपछि आयोगको टंगाल कार्यालयबाट गएको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका दुवैविरुद्ध अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिएका छन् ।