गण्डकी अटोमेकानिकल वक्र्स एसोसिएसनको २० औं वार्षिक साधारणसभा भएको छ । मेकानिक्सको छाता संगठनका रुपमा क्रियाशील संस्थाले विभिन्न विधाका ज्येष्ठ व्यवसायी कृष्णप्रसाद पौडेल, सिकन्दर शाह, अडिमान लिम्बु र पार्वती बराललाई सम्मान गरेको छ ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले मेकानिक्स व्यवसायीलाई प्रविधिमैत्री बनाउन र दक्ष जनशक्ति उत्पादनका लागि आगामी वर्षदेखि अटो इन्जिनियर डिप्लोमा सुरु गर्न लागिएको बताए । अटो व्यवसायलाई व्यवस्थित बनाउन जग्गाको खोजी गरी अटोल्यान्ड निर्माण गर्ने प्रतिवद्धता जनाए ।
अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर न्यौपानेले समग्र व्यवसाय सञ्चालनमा स्थानीय निकायको सहयोग नपाएको गुनासो गरे । नेपाल अटो व्यवसायी महासंघका अध्यक्ष यमप्रसाद भुषालले सुविधा सम्पन्न मेकानिकल व्यवसाय सञ्चालन गर्न देशका प्रमुख सहरमा अटोल्यान्ड निर्माणमा महासंघ लागेको उल्लेख गरे ।
संस्थाका अध्यक्ष सानुमान जलारीको अध्यक्षतामा भएको अटोल्यान्ड व्यवस्थापन समिति संयोजक सनतकुमार भट्टराई, पोखरा उद्योग बाणिज्ण संघ सदस्य रामेश्वर अधिकारी, हेटौडा अटो व्यवसायी संघका अध्यक्ष आनन्दराम पौडेल, चितवन अटो व्यवसायी संघ अध्यक्ष रामबहादुर लोहनी, संस्थाका वरिष्ठ उपाध्यक्ष किरण कपाली, उपाध्यक्ष सन्नोषकुमार मिश्र, महासचिव पुरुषोत्तम सुवेदी, कास्की मोटरसाइकल एसोसिएसन अध्यक्ष प्रेम गिरी लगायतले बोलेका थिए ।




