बलात्कार आरोप लागेका एसएसपी राणाद्धारा आत्मसमर्पण

बलात्कारको आरोप लागेका संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत एसएसपी शौरभ राणाले आत्मसमर्पण गरेका छन् ।

गत बिहीबार बेलुकी जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेपछि राणालाई प्रहरीले पक्राउ गर्ने तयारी थालेको बेला आइतबार दिउँसो एसएसपी राणा आफैँ जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपस्थित भएका हुन् ।

एक महिलाले एसएसपी राणा विरुद्ध इटहरीको एक होटलमा आफूमाथि जबर्जस्तीकरणी गरेको आरोप लगाएकी थिइन् ।