साताको पहिलो दिन आज आइतबार सुनको भाउ हालसम्मकै सबैभन्दा उच्च बिन्दु ७६ हजार ५ सय पुगेको छ । यसअघि गएको पुस २३ गते पनि आजकै झैं अहिलेसम्मकै महँगो तोलाको ७६ हजार ५ सय नै पुगेको थियो ।
शुक्रबार प्रतितोला ७६ हजारमा कारोवार भएको छापावाल सुन आज ५ सयले बढेर प्रतितोला ७६ हजार ५ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ७६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदी प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





