सुनसरीमा बस र माइक्रो जुध्दा ४ को मृत्यु

सुनसरीस्थित तित्रीवनामा गाडी दुर्घटनामा हुदाँ ४ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाईते भएका छन् ।

आइतबार बिहान इटहरीबाट इनरुवा तिर जादै गरेको बा ५ ख ३१५७ नम्बरको हाईस गाडी र इनरुवाबाट इटहरी तिर आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठक्किदा ४ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्युहनेममा झापाको भद्रपुर घर भएर काठमाडौं बस्दै आएका ६५ वर्षीया डोलमाया कोइराला र ७५ वर्षीय हेमराज कोइराला, माइक्रो चालक धादिङ बैरेनीका २८ वर्षीय दीपक खड्का र भक्तपुरकी गरिमा गौतम रहेको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी भिमबहादुर दाहालले जानकारी दिएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।