मुक्तक मेलामा १३ नारी स्रष्टाका रोज्जा मुक्तक

मुक्तक दिवसको अवसरमा आयोजित मुक्तक मेलामा १३ नारी स्रष्टाले आफ्ना रोज्जा मुक्तक सुनाएका छन् ।

नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा सांस्कृतिक संस्थान ९राष्ट्रिय नाचघर० मा आयोजित मुक्तकवाचनसहित मुक्तक दिवस मनाइएको हो ।

कार्यक्रममा रस्मी रोदन, दुर्गा तिवारी, शान्ति शर्मा, लुमन्ती चित्रकार, विमला देवकोटा, तारा केसी, प्रतीक्षा पोख्रेल सस्मित, कोपिला घिमिरे, भगवती रोका ‘भूमिका’, सुमन स्मारिका, पूजा आराधना, सुशीला ढकाल अधिकारी र निशा केसीले देश, परिवेश र जीवन दर्शन समेटिएका मुक्तक सुनाए ।

वरिष्ठ साहित्यकार तथा चलचित्रकर्मी यादव खरेलको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा
सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राई, प्रतिष्ठानका महासचिव रमेश पौडेल लगायतले बोलेका थिए। प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षतामा कार्यक्रम भएको हो ।