नारी उत्थानको साधारणसभा

नारी उत्थान दिदीबहिनी समूह पोखरा १७ छोरेपाटनको आठौं साधारणसभा भएको छ ।
कार्यक्रममा पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले समूहले छोटो समयमा दीर्घकालीन प्रभावका काम गर्न सफल भएको बताए । उनले नारी उत्थान दिदीबहिनी समूह अग्रणी संस्था बन्न सफल भएकामा खुसी हुँदै वडाले पूर्ण सहयोग गर्न तयार रहेको बताए ।

समाजसेवी झपिन्द्रराज रेग्मीले समूहको स्थापनासँगै छोरेपाटन क्षेत्रका महिलामा जगरुकता र परिवर्तन आएको बताए ।

कार्यक्रममा समूहका सल्लाहकार माधव वियोगी, नेपाली कांग्रेसका सभापति देवराज आचार्य, नेकपा पोखरा १७ का सचिव ईश्वरी लम्साल, समूहकी अध्यक्ष सरिता घिमिरे, समूहकी संस्थापक उपाध्यक्ष कृष्णकुमारी महत, समाजसेवी लक्ष्मी पौडेल, तारापुञ्ज आमा समूहकी सचिव सिर्जना पोख्रेल, आजीवन सदस्य हासिका अधिकारी, सचिव रीता सुवेदी, कोषाध्यक्ष बन्दना भट्टराई, सहसचिव सम्झना थापा र चन्दादाता शान्तादेवी रेग्मी, उपाध्यक्ष जानुका पौडेल, सचिव बिमला भुजेल र कोषाध्यक्ष शुभ थापा लगायतले बोलेका थिए ।

सभामा जग्गा दाता, संस्थापक पदाधिकारी र समाजसेवीहरुलाई सम्मान गरिएको थियो ।