चीनबाट विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
कमजोर स्वास्थ्य प्रणाली भएका देशमा रोग फैलन सक्ने सम्भावना अधिक भएकाले डब्लुएचओले बिहीबार विश्व आपतकाल घोषणा गरेको हो ।
चीनमा वुहान कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१३ पुगेको छ। चीनभरि उक्त भाइरसबाट ९ हजार ६ सय ९२ जना संक्रमित भएका छन्।
डब्लुएचओले कोरोना भाइरस फैलिन सक्ने देशहरूले आवश्यक तयारी, संक्रमण फैलिन नदिन सही सूचना र भ्याक्सिन बनाउने क्रमलाई तीव्रता दिन पनि सुझाव दिएको छ ।
यसैबीच संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई चीन भ्रमण नगर्न भनेको छ भने कैंयौं एयरलाइन्सहरूले चीनका विभिन्न सहरमा आफ्ना उडान रद्द गरेका छन्।




