क्रिस गेल क्रिकेट खेल्न नेपाल आउने

क्रिस्टोफर हेनरी गेल (क्रिस गेल) क्रिकेट खेल्न नेपाल आउने भएका छन् ।

वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान अनि टि-२० का लिजेण्ड गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने भएका हुन् ।

उनले पोखरा राइनोजबाट ईपीएल खेल्ने बिहिबार पोखरा राइनोजले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

उनले नेपाल आउन पाउदा उत्साहित भएको बताउँदै आफ्नो टिमलाई समर्थन गर्न आग्रह गरेका छन्।

उनले आफ्नो धमाका हेर्नका लागि नेपाली समर्थकलाई तयार रहन आग्रह गदै्र आफ्नो प्रदर्शनले प्रतियोगिता थप रोमाञ्चक हुने बताएका छन।

ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।