फ्रेन्ड्ससँग च्यासल युथ क्लब पराजित

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फ्रेन्ड्स क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ ।

विहिबार दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सले च्यासललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ८४औ मिनेटमा फ्रेन्ड्सका लागि उत्तम राईले गोल गर्दै फ्रेन्ड्सलाई जित दिलाएका हुन् ।

जितसँगै ९ खेलमा ११ अंक भएको फ्रेन्ड्स अंक तालिकामा नवौँ स्थानमा उक्लिएको छ। चौथो हार भोगेको च्यासल ९ खेलमा ९ अंकसहित दशौँ स्थानमा छ।