आजको राशिफल (२०७६ माघ १६ गते बिहीबार)

आजको पञ्चांग
आज मिति २०७६ माघ १६ गते बिहीबार, इस्वीसंवत जनवरी ३० तारिक सन् २०२०, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ ।

चान्द्रमान अनुसार माघशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघशुक्लपक्षको पञ्चमी तिथि अहोरात्र रहनेछ । आज उत्तरभाद्रपदा नक्षत्र, विष्कुम्भादि योगमा सिद्धि, करणमा कौलव रहनेछ भने आनन्दादि योगमा छत्र रहनेछ ।

सूर्य मकर राशिमा, चन्द्रमा मीन राशिमा अहोरात्र रहनेछ । आज दिनमान २६ घटि ५८ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ५४ मिनेटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर ४१ मिनेटमा हुनेछ ।

आजको राशिफल
मेष : मेष राशि भएकाहरूका आज आफन्त इष्टमित्र, दाजुभाईमा कसैबाट वैमनश्यता, शत्रूता पारिदिने सम्भावना बलियो छ । मन चञ्चल, गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, नया पेशाको थालनीका लागि पनि आज राम्रो छैन । चोटपटक लाग्ने सम्भावना पनि छ । जुनसुकै काम गर्दा सतर्क रहनु आवश्यक छ । शुभअंक : १ र ११, शुभरंग : रातो, स्वामीराशि : मंगल ग्रह । मित्र राशि : मिथुन र कुम्भ ।

वृष : वृष राशि भएकाहरूका लागि आज पनि समय शुभ रहनेछ, आम्दानीका नया“ स्रोत थपिंदै जानेछन् । नया–नया कार्ययोजना बनाउ“दा लाभ पाइने छ । फलफूल सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । पद र पैसाभन्दा प्रतिष्ठासंग गा“सिएका काममा लगानी हुन सक्नेछ । सही सदुपयोग गर्न सके उच्चतम् लाभ हासिल गर्न सकिनेछ, समयको उपयोग गर्नुहोला । शुभअंक : ४ र १२, शुभरंग : नीलो, स्वामीराशि : शुक्र ग्रह । मित्र राशि: कर्कट र मीन ।

मिथुन : आज मिथुन राशि भएकाहरूका लागि आज पनि समय मध्यम खालको छ । स्वास्थ्य राम्रो रहने छैन । जति राम्रो काम गर्नुहोस्, आफैंलाई सन्तुष्टि नमिल्ने देखिन्छ । आज टाढाको यात्रा गर्नु पनि उचित छैन । जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ । सानो कुरामा चित्त दुख्ने बानीले सामाजिक जनजीवनमा अप्ठ्यारो पनि पार्न सक्ने छ । समय केही शुभ भएता पनि पूर्व दिशाको यात्रा नगर्नुहोला । शुभअंक : १ र ५, शुभरंग : हरियो र खैरो, स्वामीराशि : बुध ग्रह । मित्र राशि : मेष र सिंह ।

कर्कट : आज कर्कट राशिका लागि आज पनि समय खराब रहनेछ । आफन्त व्यक्तिस“गै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ । आकस्मिक रोगले दुःख दिने हुनाले खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । आज नया काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन । शुभअंक : २ र ६, शुभरंग : सेतो, स्वामीराशि : चन्द्रमा ग्रह । मित्र राशि : वृष र कन्या ।

सिंह : आज सिंह राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । मानसिक चिन्ता बढ्नेछ । तिरस्कार, हिनतावोध, आफ्ना आश्रित कर्मचारी, छोरा–छोरीबाट धोका खानु पर्नेछ । नाता पर्ने व्यक्तिबाट असहयोगको सामना गर्नुपर्नेछ । आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ । अनावश्यक रुपमा शत्रु बढ्ने हुनाले कसैसंग वादविवादमा लाग्नु पनि ठीक हुनेछैन । शुभअंक : ३ र ७, शुभरंग : गुलावी र हल्का रातो, स्वामीराशि : सूर्य ग्रह । मित्र राशि मिथुन र तुला ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज पनि समय राम्रै छ । उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमको राम्रो लाभ पाइने छ । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ । जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ । पुराना इष्टमित्र एक्कासी भेट होलान् । आज तपाईं जे चाहनु हुन्छ त्यो काम बन्ने छ । समग्रमा समय शुभ छ । शुभअंक : ४ र ६, शुभरंग : हरियो र हल्का रातो, स्वामीराशि : बुध ग्रह । मित्र राशि: कर्कट र वृश्चिक ।

तुला : तुला राशि भएकाहरूकार। लागि आज स्वास्थ्य राम्रो रहनेछ । आम्दानी बढ्ने, व्यापार–व्यवसायमा लाभ, प्रेमप्रसड्ड सुमधुर तथा पति–पत्नीको रमाइलो यात्रा हुनेछ । घरमा पारिवारिक सहयोग मिल्नेछ भने भएकाले महत्वपूर्ण कार्य तथा यात्रामा पनि सफल भइनेछ । समय शुभ समय रहेकाले धार्मिक कार्यमा लगानी हुन सक्नेछ । शुभअंक : ५ र ९, शुभरंग : निलो, स्वामीराशि : शुक्र ग्रह । मित्र राशि: सिंह र धनु ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज स्वास्थ्य एक्कासी बिग्रने अवस्था आइपर्नेछ । चिसोले दुःख दिन सक्नेछ । मानसिक अशान्ति, कार्यमा बिघ्नबाधा, खानामा गडबडी हुन सक्नेछ । यात्रामा संकट पर्न सक्ने भएकाले आज पूर्व दिशाको पात्रा नगर्नुहोला । आखा वा शरीरको कुनैैै पनि भागमा दुख्ने वा चोट लाग्ने बलियो सम्भावना छ । शुभअंक : ६ र १०, शुभरंग : रातो, स्वामीराशि : मंगल ग्रह । मित्र राशि : कन्या र मकर ।

धनु : धनु राशिका लागि आज समय अत्यन्तै खराब छ । आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । मानशिक असन्तुष्टिको अनुभव हुनेछ । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला आज दिउसो ३ बजेपछि केही शुभ हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ । शुभअंक : ७ र ११, शुभरंग : पहेंलो, स्वामीराशि : वृहस्पति ग्रह । मित्र राशि : तुला र कुम्भ ।

मकर : मकर राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य राम्रो रहनेछ । स्वास्थ्यले साथ राम्रै दिनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जा“गर बढ्नेछ, जागीर खाने ईच्छा भएमा प्रयास गर्नुहोस् सफलता मिल्ने छ । तपाईंले आ“टेका सबै काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ राम्रो पाउनु हुनेछ । समय विषेश शुभ रहेकाले धार्मिक कार्यमा लगानी गरेमा लाभ तथा पुण्य मिल्नेछ । शुभअंक : ८ र १२, शुभरंग : कालो, स्वामीराशि : शनि ग्रह । मित्र राशि : वृश्चिक र मीन ।

कुम्भ : कुम्भ राशिका लागि आज जुनसुकै काममा विघ्नबाधा ज्यादा आइलाग्ने छन् । आर्थिक कारोबार पनि भद्रगोल हुन सक्नेछ । व्यर्थ मानसिक तनाव, यात्रामा विघ्नबाधा, स्वास्थ्य त्यति राम्रो न रहने, आफन्तसंग कलह हुनसक्ने समय पनि चल्दै छ । सबै प्रकारले सतर्क रहनु अति आवश्यक छ भने भोलिदेखि टाढाबाट धन प्राप्ति, धार्मिक कार्यमा मन जान सक्नेछ । शुभअंक : १ र ९, शुभरंग : कालो, स्वामीराशि : शनि ग्रह । मित्र राशि : धनु र मेष ।

मीन : मीन राशि भएकाहरूका लागि आज आम्दानीका नया“–नया“ श्रोत देखा पर्दै जानेछन् । आज जे काम गर्नुहुन्छ सुखैका साथ सम्पन्न हुनेछन् । परिवारका सदस्य, निकटतम् कर्मचारी, सबै ईष्टमित्रले तपाईंलाई सहयोग गर्नेछन् । त्यसैले जे काम गर्नु छ तुरुन्तै थालनी गर्दा अत्यन्तै राम्रो हुनेछ । समय उपयुक्त छन् उपयोग गर्नुहोला । शुभअंक : २ र १०, शुभरंग : पहेंलो, स्वामीराशि : वृहस्पति । मित्र राशि : मकर र वृष ।

साइत : आज चन्द्रमा मीन राशिमा रहेकाले उत्तर र पश्चिम बाहेक अन्य कुनै पनि दिशाको यात्रा गर्नु ठीक छैन । आज बिहीबार दक्षिण दिशाको यात्रा गर्नु शुभ मानिंदैन । यदि अन्य दिशातर्फ बाध्यतावस जानै परेको छ भने घरबाट निस्कनु अघि झोलामा १ माना चामल, १ वोत्तल चोखो पानी राख्नुहोस्, घर नजिकैको सकेसम्म शिव भगवानको मन्दिरलाई दाहिने पारि एक फन्को परिक्रमा गरेर यात्रा शुरुवात गर्नुहोस् । यी धार्मिक उपाय हुन् । यति गर्नुभएमा तपाइँलाई यात्रामा दोष लाग्ने छैन ।

आजको शुभ लाभादि बेला
बिहान ६ः५४ बजेदेखि ८ः२४ बजेसम्म शुभ बेला
बिहान ८ः२४ बजेदेखि ९ः५४ बजेसम्म रोग बेला
बिहान ९ः५४ बजेदेखि ११ः२४ बजेसम्म उद्धेग बेला
दिउँसो ११ः२४ बजेदेखि १२ः५४ बजेसम्म चर बेला
दिउँसो १२ः५४ बजेदेखि २ः२४ बजेसम्म लाभ बेला
दिउँसो २ः२४ बजेदेखि ३ः५४ बजेसम्म अमृत बेला
दिउँसो ३ः५४ बजेदेखि ५ः२४ बजेसम्म काल बेला
दिउँसो ५ः२४ बजेदेखि ६ः५४ बजेसम्म शुभ बेला

यसमा रोग भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)

सोमबारको व्रतबारे सम्पूर्ण जानकारी