दुर्घटनामा श्रीमान्-श्रीमतीको मृत्यु, छोरा घाइते

धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित गोदारमा भएको दुर्घटनामा एक दम्पतिको मृत्यु भएको छ ।

बुधबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ६४ प ३०४८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स १ च १८५८ नम्बरको जिप बुधबार एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनकी ४० वर्षीया पत्नी प्रमिला साहको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा साहका ९ वर्षीय छोरा जोन साह समान्य घाइते भएका छन् । घाइते जोनलाई उपचारका लागि समर अस्पताल गोदार पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।