अनलाइनबाट ठगी गर्ने गिरोह ६७ लाखसहित पक्राउ

मोरङ प्रहरीले फेसबुकमा अनलाइन पसल देखाएर ग्राहक ठगी धन्दा गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङका निरन्जन प्रसाद आचार्य, खोटाङका शिवजी खड्का, देवी चौलागाई, सुनसरीकी भावना राई, सरिता परियार, वर्षा कार्की, सानु गौतम, लक्ष्मी कार्की रहेका छन्।

उनीहरुको साथबाट प्रहरीले ६७ लाख ९९ हजार ७ सय ५० रुपैयाँ नगद, ३२ वटा नेपाली र ५ वटा भारतीय एटीएम, ५८ वटा चेकबुक, १५ वटा खाली चेकबुक, निरञ्जन प्रसाद आचार्यको नाममा सक्कली नागरिकता, उनकै नामको भारतीय आधारकार्ड, आयकर विभागबाट पाएको एएक्सएनपीए२०८७आर लेखिएको कार्ड, भारतीइ सवारी लाइसेन्स, विराटनगर भन्सार कार्यालयको सवारीसाधनको अस्थायी पैठारी अनुमति पत्र ४० थान, प्रज्ञापन पत्र काटिएको रसिद ६० थान, खाली भन्सार प्रज्ञापन रसिद प्याड १ जना, नेपाली र भारतीय सिमकार्ड, नाम र फोटो परिवर्तन गरिएको नागरिकताको ३७ थान फोटोकपी समेत बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुले सामान फेसबुकमार्फत अर्डर गरी ह्वाट्स एपमार्फत बैकमा पैसा हाल्न लगाउने र सामान नै नदिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।