कलाकार विल्सनविक्रम राई (तक्मेबुढा) उनको जन्मदिनकै दिन् बाबु बनेका छन्।
बुधबार उनको जन्मदिनमा उनलाई श्रीमती सरिनाले छोरा उपहार दिएकी हुन् ।
गत वर्ष इलामकी सरिनासँग गुसुटुक्क विवाह गरेका विल्सनले बुधबार सन्तान प्राप्त गरेपछि उनले सामाजिक सञ्जालमा छोरा बोकिरहेको तस्बिर पोस्ट गर्दै श्रीमतीलाई धन्यवाद दिएका छन् ।




