प्रविधीबाट स्रोत साधनको उपयोग गर्न सकिन्छ :प्रदेश प्रमुख शेरचन

सिमुलेसन साईन्स सेन्टरको आयोजनामा पोखरा सभागृहहलमा आज देखी बृहत विज्ञान प्रर्दशनी सुरु भएको छ ।

आगामी माघ २९ गतेसम्म सञ्चालन हुने प्रर्दशनीको गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरका हुन् । उनले विश्वलाई एकै ठाउँमा ल्याउन विज्ञान प्रविधीको ठूलो भूमिका रहेको भन्दै काममा समेत छरितो बनाएको बताएका छन् । उनले भने, ‘यूवा आयोजकले सञ्चालन सुरु गरेको प्रर्दशनीले विज्ञान–प्रविधीका क्षेत्रमा नयाँ पुस्तालाई सकारात्मक प्रभाव पर्दछ ।’उनले थपे, ‘नेपाल सानो मुलुक भए पनि प्रविधीका माध्यमबाट प्राकृतिक स्रोत साधनको भरपुर उपभोगमा जोड्न सकिने वातावरण बनाउन प्रविधीको ठूलो भूमिका छ ।’

प्रर्दशनीमा विज्ञान प्रविधि विषय सम्बन्धि बाल कक्षादेखि कक्षा १२ सम्मको पाठ्यपुस्तकमा आधारित रहेर विज्ञान तथा प्रविधिसम्बन्धी १० बढी ‘शैक्षिक शाखाहरुबाट विद्यार्थी सहित आम अभिभावकहरुले इञ्जिनियरको प्रत्यक्ष सहभागितामा त्यसको मेकानिज्म, प्रत्यक्ष अवलोकन तथा प्रयोग गर्न पाउने छन ।

प्रदर्शनीमा रोबटिक्स, भीआर शिक्षा प्रणाली, पाठ्यक्रममा आधारित भौतिक विज्ञान, जीव विज्ञान, तारामण्डल, विद्युतीय इञ्जिनियरिङ, स्टिम शिक्षा प्रणाली तथा कक्षागत पाठ्यक्रममा समावेश विषयवस्तु तथा मनोरञ्जनात्मक सामग्री राखिएका छन ।
प्रर्दशनी बिहान ९ देखि साँझ ६ बजेसम्म जारी रहने संस्थाका कार्यकारी निर्देशक प्रतिक्षा थापाले जानकारी दिइन ।