ट्रिपरको ठक्करबाट प्रेमीको मृत्यु भएपछि प्रेमिकाले गरिन् आत्महत्या

सुर्खेतमा ट्रिपरले हानेर मृत्यु भएका केशरबहादुर सिंहको शव देख्ने वित्तिक्कैउनकी प्रेमिकाले विक्षिप्त भएर आत्महत्या गरेकी छिन् ।

मंगलबार वीरेन्द्रनगर नगरपालिका–३ स्थित गौतम चानेकनजिकै भे१ख २२४२ नम्बरको टिप्परको ठक्करबाट मृत्यु भएको शिहको प्रेमिका कालिकोट घर भई सुर्खेतस्थित मामाघरमा बस्ने अरुणा शाहीले घटनालगत्तै झुण्डिएर आत्महत्या गरेकी हुन् ।

सिंहका आफन्तजनका अनुसार लामो समय प्रेम सम्बन्धमा रहेका उनिहरु शाही मंगलबार दिउँसो ३ बजे काठमाडौं जाने भएपछि बिहानै शाहीलाई भेटेकी थिइन् ।

सिंहको ट्रिपरले हानेर मृत्यु भएपछि सो क्षेत्र मंगलबार दिनभर तनावग्रस्त भएको थियो । सिंहको निधन भएलगत्तै स्थानीयवासी र आफन्तले नाराबाजी गरेका थिए ।

नाराबाजीको क्रममा प्रहरीले २ राउन्ड हवाइ फायर समेत गरेको थियो । स्थानीयवासी र मृतकका आफन्तले सडक अवरोध गर्दै चर्को विरोध गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गर्नुपरेको थियो ।