७ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

आफ्नै ७ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन्।

झापाको कानकाई नगरपालिका-१ का ३० वर्षीय बुबालाई रक्सी खाएर छोरीलाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

केही वर्षअघि आमा अर्कैसँग गएपछि हजुरबुबा र हजुरआमासँग बस्दै आएकी बालिकालाई हजुरआमा पनि अशक्त रहेको अवस्थामा आफूसँग सुत्न बोलाएर करणी गरेका थिए।

उनीविरुद्ध मंगलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।