क्यान कास्कीले फागुन ११ देखि १५ गतेसम्म पोखरामा ‘प्रभु पे क्यान इन्फोटेक–२०२० गर्ने भएको छ । ११औं संस्करणको क्यान इन्फोटेकको तयारी तीव्र बनाइएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
क्यान कास्कीले यस पटक प्रदेशस्तरको सूचना प्रविधि मेला गरेको हो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेलाले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने संस्थाका अध्यक्ष रुक्मागत भण्डारी विश्वासले बताए ।
‘कम्प्यूटर तथा सूचना प्रविधिमा भएका अत्याधुनिक प्रविधिको जानकारी दिंदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पु¥याउने लक्ष्यका साथ इन्फोटेक आयोजना गरिएको हो,’ उनले भने । मेला बिक्री, वितरणमा भन्दा एक्स्पोमै केन्द्रीत हुने उल्लेख गरे । उनले सूचना, प्रविधिको क्षेत्रमा रुचि राख्नेहरुलाई मेलाबारे चासो रहेको उल्लेख गर्दै यसपालिको मेला ५० हजारले हेर्ने दाबी गरे ।
आइसीटी सेमिनार, जिल्ला तथा प्रदेश स्तरीय रनिङ शिल्ड आइटी क्विज, टाइपिङ, आइसिटी स्पिच प्रतियोगिता इन्फोटेकमा आयोजना हुने छन् । ल्यापटप तथा कम्प्युटर निःशुल्क मर्मत क्याम्प, रोर्वट प्रतियोगिता, आइसिटी म्यूजियम प्रदर्शनी, आइसिटी बिजनेस टक पनि इन्फोटेकका आकर्षण बन्ने भण्डारीले बताए । ‘प्रतियोगितामा विजयी प्रथम, द्वितीय र तृतीय हुनेका लागि प्रमाण पत्र, ट्रफी तथा आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ,’ उनले भने ।
क्यान गण्डकीका अध्यक्ष तुलसीराम पाण्डेले प्रदेशस्तरीय इन्फोटेक सफल पार्न प्रदेशका सम्पूर्ण जिल्लाबाट साथ मिल्ने बताए । ‘सूचना तथा प्रविधिका क्षेत्रमा भएका नविनतम प्रविधिलाई इन्फोटेकमा भित्र्याउन सक्नुपर्छ,’ उनले भने ।
मेलामा आइसिटीसंग सम्बन्धित करिव १ सय वटा स्टल रहने स्टल व्यवस्थापन उपसमिति संयोजक युवराज पौडेलले जानकारी दिए । मेलाबाट करिब ३५ लाख आम्दानी गरी ३० लाख रुपैयाँ खर्च कटाई ५ लाख रुपैयाँ बचत गर्ने अपेक्षा राखिएको कोषाध्यक्ष विश्व प्रधानले बताए । ‘इन्फोटेकबाट बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिनेछ,’ उनले भने ।
इन्फोटेकको तयारीका क्रममा क्यान कास्की अध्यक्ष रुक्मागत भण्डारी ‘विश्वास’ को संयोजकत्वमा ३५ वटा विभिन्न उपसमिति गठन गरिएको छ । सम्पूर्ण उपसमितिले आआफ्नो जिम्मेवारी अनुसार इन्फोटेकको तयारी गरिरहेको द्वितीय उपाध्यक्ष विकास भुर्तेलले जानकारी दिए ।
इन्फोटेकलाई प्रभुपेले मुख्य प्रायोजन गरेको प्रथम उपाध्यक्ष आशिष गुरुङले जानकारी दिए । इन एसोसिएसन विथमा वल्र्डलिंक, गोल्ड स्पोन्सरमा ब्रर्दश विंथ कास्र्पस्काई र स्मार्ट, सिल्भर स्पोन्सरमा भायानेट, लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र एस–पार्वर, नलेज पार्टनरमा निम एकेडेमी, अफिसियल इन्स्योरेन्स पार्टनरमा प्रभू इन्स्योरेन्स, सेक्युरिटी पार्टनरमा एम।बि। टे«डर्स, फ्रि मेन्टिनेन्स क्याम्पमा इन्टेल ल्यापटप हाउसले साथ दिएका छन् ।
क्यान कास्की अध्यक्ष विश्वासको अध्यक्षतामा भएको कार्यक्रम द्वितीय उपाध्यक्ष विकास भुर्तेले सञ्चालन गरेका थिए ।




