रसुवागढी नाकाबाट साढे २ किलो सुनसहित ६ जना पक्राउ परेका छन्।
रसुवागढीबाट काठमाडौं जान लागेको ना १ झ ३५४२ नम्बरको टाटासुमोमा लुकाएर लैजान लागेको करिब १ करोड ६० लाख रुपैयाँ बराबरको सुनसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ का नवाङ नुर्पु तामाङ, ग्याल्जेन शेर्पा, सुप्पा लामा, सुवास तामाङ, साङा शेर्पा र चालक दोलखाको तामाकोसी गाउँपालिका–५ का २३ वर्षीय तुलनारायण श्रेष्ठ रहेका छन्।






