वडाध्यक्षसहित १६ जुवाडे पक्राउ

प्रहरीले जुवा खालबाट वडाध्यक्ष सहित १६ जुवाडेलाई पक्राउ गरेकको छ ।

कैलालीको गोदावरी नगरपालिका–१० का अध्यक्ष गुड्डु भनेर चिनिने रविन्द्र शाहीसहितका १६ जनालाई प्रहरीले आइतबार राति जुवाको खालबाट २२ लाख ८२ हजार नगदसहित पक्राउ गरेको हो ।

पक्राउ परेका अन्य व्यक्तिहरुको विस्तृत विवरण यकिन हुन नसकेकोले पक्राउ परेका सबै जुवाडेलाई केहीबेरमा पत्रकार सम्मेलन गर्ने सार्वजनिक गर्ने प्रहरीले बताएको छ ।

वडाध्यक्ष शाही नेपाली कांग्रेसबाट गोदावरी नगरपालिका–१० मा विजयी जनप्रतिनिधि हुन् ।