युआरएको प्राविधिक सहयोगमा पिपल्सको शिविर

पिपल्स बचत तथा ऋण सहकारीले शनिबार निशुल्क शिविर आयोजना गरेको छ । शनिबार सहकारीका २ सय ४ का सेयर सदस्यको सित्तैमा खराब बोसो, मधुमेह र युरिक एसिड जाँच गरिएको हो ।

सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत युरिक एसिड सित्तैमा जाँच्ने व्यवस्था मिलाएको हो भने प्राविधिक सहयोग गरेको युनायटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले खराब बोसो र मधुमेह सित्तैमा परीक्षण गरेको हो ।

कार्यक्रममा युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले स्वास्थ्य सेवामा सबैको सहज पहुँच विस्तार गर्न विभिन्न संघ, संस्थासँगको सहकार्यमा शिविरहरु गरिरहेको बताए । उनले भने, ‘सामाजिक दायित्व वहन गर्दै स्थापनादेखि नै यसरी शिविर गरिरहेका छौं ।’ यसरी ५ वर्षमा युआरएलबाट ५९ हजारले सित्तैमा सेवा लिइसकेका छन् ।

कार्यक्रममा सहकारीका अध्यक्ष युवराज बोहोरा र कार्यक्रम संयोजक निरविक्रम ध्वजु श्रेष्ठ र लेखा समिति सदस्यले बोलेका थिए ।