क्षत्री युवा समाज कास्की अध्यक्षमा दिनेशबाबु खड्का चयन भएका छन् । शनिबार भएको भेलाले पोखरा २८ का खड्कालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
समाजको वरिष्ठ उपाध्यक्षमा अनिल बस्नेत, महिला उपाध्यक्ष प्रविना जिसी, प्रथम उपाध्यक्ष कुम्भसिह क्षत्री, द्वितीय उपाध्यक्ष अर्जुन अधिकारी, सचिव शर्मिला खड्का पाण्डे, कोषाध्यक्ष सरोज कुँवर, सहसचिव अजय क्षत्री र सहकोषाध्यक्ष अनिता बनिया कार्की चुनिए ।
समाजका सदस्यमा शैलेश बानिया, नारायण थापा, सिजनराज महत, सरिता केसी, कमला कार्की, गणेश खड्का, विकल थापा, शम्भुबहादुर बराल, राजेन्द्र केसी, इन्दिरा रोकाहा कार्की र गोमा कार्की छन् । नवनिर्वाचित अध्यक्ष खड्काले क्षत्री युवालाई संठगित, जुझारु र युगको आवश्यकता बुझ्ने गरी सशक्तीकरण गर्ने प्रतिवद्धता जनाए ।






