२९ राउन्ड गोलीसहित पोखरा विमानस्थलबाट पक्राउ

२९ राउण्ड राइफलको गोलीसहित जहाज चढ्न लागेका व्यक्तिलाई कास्की पोखरा विमानस्थलबाटै पक्राउ परेका छन् ।

आइतबार यति एयरको उडानबाट काठमाडौं जाँदै गरेका पोखरा–१७ रिठेपानीका ४० वर्षीय जितु शाही २२ बोरको राइफलमा प्रयोग हुने २९ राउण्ड गोलीसहित पक्राउ परेका हुन् ।

विमानस्थलमा चेकजाँचको क्रममा एक्सरे मेसिनले फलामजन्य बस्तु देखाएपछि झोला खोतल्दा गोली फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिएका छन् ।