चाबहिलस्थित धोवी खोलाको किनारमा सालनालसहितनवजात शिशुको शव फेला परेको छ ।
हेर्दा सात महिनामा जन्माएजस्तो देखिने शव कपडाले बेरेर फालेको अवस्थामा बिहीबार बिहान फेला परेको हो ।
शिशु कसैले जन्माएर फालेको हुनसक्ने आशंका गरिएको छ । शिशुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
शिशु कसले फालेको भन्नेबारे अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।






