गोष्ठीमा सहभागी हुन गत कात्तिकमा अमेरिका गएकी कालीकोटको तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) ‘सम्पर्कविहीन’ भएकी छन् ।
२०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उपमेयरमा निर्वाचित भएकी दन्ता नगरपालिका संघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकमा अमेरिका गएकी थिइन् । नेपालीले कुनै खबर नपठाएको र जानकारी पनि नगराएको मेयरले जानकारी दिएका छन् ।
अमेरिका पुगेपछि उपमेयरसँग एकपटक मात्रै सम्पर्क भएको र बिरामी भएकाले फर्कन नसकेको जानकारी गराएको मेयर बताउछन् । अहिले शाहीको फेसबुक एकाउन्ट पनि निष्क्रिय छ । उपमेयर नहुँदा न्यायिक समिति र योजना तथा अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समितिको काम प्रभावित भएको छ ।
योजना अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समितिको संयोजक उपप्रमुख हुने प्रावधानका कारण अधिकांश योजनाहरूको भुक्तानी समस्या भएको मेयरले बताएका छन् ।
दन्ता आईसीएमए अर्थात् इनटरनेसनल सिटी मेनेजर एसोसिएसनले आयोजना गरेको गोष्ठीमा सहभागी हुन अमेरिका गएको नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जुले बताएका छन् ।






