चार वर्षीया बालिका बलात्कारको आरोपमा युवक पक्राउ

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

खडक नगरपालिका–५ का २५ वर्षीय रामभगत चौधरीलाई सो आरोपमा इलाका प्रहरी कार्यालय कल्याणपुरले बुधबार पक्राउ गरेको हो । पीडितका बुवाले उजुरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको जनाएको छ ।

आरोपितले ललाइफकाइ आफ्नो घरमा लगेर माघ ३ गते बालिका बलात्कार गरेको पीडितले दिदीलाई बताएपछि घटना सार्वजनिक भएको हो ।