अस्ट्रेलियाको डढेलो निभाउन उडेको विमान दुर्घटना

अक्टोबर महिनादेखि भीषण आगलागी भएको अस्ट्रेलियामा डढेलो निभाउन उडेको विमान दुर्घटना भएको छ ।दुर्घटनामा परी विमानमा सवार सबै ३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

बिहीबार बिहानै सम्पर्कविहिन भएको विमान दक्षिणी न्यु साउथ वेल्सको हिउँले भरिएको पहाडमा ठोक्किएको अवस्थामा विमानमा सवार सबै मृत भेटिएका हुन् ।विमान दुर्घटनाको कारणबारे केही खुल्न सकेको छैन।

अस्ट्रेलियामा झाडीमा लागेको डढेलो जंगलभरी फैलिदा हालसम्म डढेलोले अ हजारभन्दा बढी घर जलेर नष्ट भएको छ भने करोडौं जीवजन्तु मरेका छन्।