विराटनगरमा कलेज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
लर्ड बुद्ध कलेजका विद्यार्थी लिन गएको मे १ ख ४० ९० नम्बरको बस धनपालथान गाउँपालिका ६ मा बिहीबार बिहान दुर्घटना हुदाँ विराटनगर १५ बस्ने वर्ष ३२ का सोही बसका सहचालक सानू साहको मृत्यु भएको हो ।
दुर्घटनामा अरु ६ विद्यार्थी घाइते भएका छन् । उनिहरुको विराटनगर स्थित न्युरो हस्पीटलमा उपचार भइरहेको छ।






