मदिरा सेवनपछि छुरा हानेर आफ्नै साथिको हत्या

भक्तपुरमा मदिरा सेवनका क्रममा सामान्य विवाद हुदा आफ्नै साथिले छुरा प्रहार गरेर एक किशोरको हत्या भएको छ ।

बुधबार साँझ छुरा प्रहारबाट भक्तपुर–१०, चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको मृत्यु भएको हो ।

५ किशोरहरूले सल्लाहमा भक्तपुर नगरपालिका–६, भोलाछेंमा मदिरा सेवन गरेका थिए । मदिरा सेवनका क्रममा उनीहरूबीच सामान्य विवाद हुदाँ आफ्नै साथीले छुरा रोपेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनामा संलग्नको अभियोगमा १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।