जोगीचौर बहुउद्धेश्शीय कृषि सहकारीमा अमृत

कास्कीको माछापुच्छ«े गाउँपालिका–४ लाहाचोकको जोगीचौरमा अवस्थित जोगीचौर बहुउद्धेश्शीय कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा अमृतप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

सोमबार संस्थाको प्रथम साधारणसभा तथा अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । उपाध्यक्षमा कृष्णप्रसाद भण्डारी, सचिव बालकृष्ण अधिकारी, कोषाध्यक्ष तेजप्राद भण्डारी र सहसचिव सरस्वती अधिकारी छन् । त्यसैगरि सदस्यहरुमा दीननाथ अधिकारी, पुष्पराज अधिकारी, तेजप्रसाद पौडेल र खिमलाल पौडेल चयन भए ।

अधिवेशन तथा कार्यालय भवनको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले कृषिमा आधुनिकीकरण र व्यावसायीकरण बिना देशको समृद्धिको चाहना पूरा हुन नसक्ने बताउँदै पर्यटनलाई कृषिसँग जोड्नुपर्ने बताए ।
वडाध्यक्ष पूर्णबहादुर शाहीले यस सहकारी अन्य कूनै संस्थामा विलय हुनुभन्दा पनि यसमा अन्य सहकारीलाई समेत मर्च गर्दै सबैभन्दा ठूलो कृषि सहकारीको रुपमा विकास हुनुपर्ने उल्लेख गरेका थिए ।

हाल ८६ जना सदस्य तथा १८ लाख ६० हजार पूँजी रहेको सहकारीले विभिन्न सार्वजनिक निकायहरुसँगको सहकार्यमा कृषकलाई उन्नत बीउ, पशुपालनका लागि घाँस वितरण गर्दै आएको छ ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य विष्णुप्रसाद पौडेल, गाउँकार्यपालिका सदस्य हिरादेवी सुनार लगायतले शुभकामना मन्तव्य र दीननाथ अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थिए । संस्थाका सदस्य कृष्णप्रसाद भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा तदर्थ समितिका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षता र सरस्वती अधिकारीको सञ्चालन सम्पन्न भएको थियो ।