प्रदेश ५ प्रदेशसभाका सभाका ज्येष्ठ सदस्य एवं विपक्ष दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित ८२ वर्षीय पोखरेलको सोमबार दिउँसो आफ्नै निवासमा उनको निधन भएको हो ।
प्रदेशसभामा ज्येष्ठ सदस्यसमेत रहेका पोखरेल एक वर्षदेखि क्यान्सरले थलिएका थिए। फोक्सोमा देखिएको क्यान्सर शरीरका अन्य अंगमा पनि फैलिएको थियो। लामो समय नर्भिक अस्पताल काठमाडौं र पछिल्लो समय रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराएका शर्मालाई हालै मात्र घर लगिएको थियो ।
प्युठानको तुसारामा जन्मिएका पोखरेल नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेका थिए ।






