नेपालदूत , काठमाडौं
माघ ६ गते २०७६
विगत एक बर्षदेखि क्यान्सर रोगबाट पिडीत धरानका पुर्वमेयर ध्यानबहादुर राईको निधन भएको छ ।
क्यान्सरको उपचाररत ६० वर्षीय राई को सोमबार दिउँसो पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उनी २०४९ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट धरान उपमहानगरपालिका मेयरमा निवार्चित भएका थिए ।