प्रशिद्ध धार्मिक मन्दिर चन्दननाथको मुख्यमूर्ति चोरिएको तीन वर्षपछि फेला परेको छ ।
मन्दिरबाट २०७३ मंसिर ८ गते रातिचोरिएको करिब १८ किलो चाँदीको दत्तात्रयको मूख्य मूर्ति सोमबार बिहान चन्दननाथ नगरपालिकाको दानसाँघु खेतको आलीमा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
मूर्ति भेटिएपछि मुचुल्का उठाइ मन्दिरमा पुर्नस्थापनाका लागि तयारी गरिने चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका उपाध्यक्ष दयादत्त खत्रीले जानकारी दिएका छन् ।
२०७३ मंसिर ८ गते राति मन्दिरबाट मूख्यमूर्तिसहित दर्जनौं बहुमूल्य मूर्ति चोरिएकोमा सिआइबीको छानबिन टोली गठन गरे पनि कसले चोरेको हो भन्ने हालसम्म पत्ता लाग्न सकेको छैन ।






