स्याङजाको हरीनाश २ गुर्जामा रहेको सुनगाभा युवा क्लबले स्थापनाको २५ औ बर्षगाठको उपलक्ष्यमा रजत जयन्ती मनाएको छ ।
रजत जयन्तीको उपलक्ष्यमा वडा स्तरीय भलीवल प्रतियोगिता तथा विविध साँस्किृतिक कार्यक्रम सम्पन्न भएको छ । समापन समारोहमा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य खिम कुमार बि।क हिक्मतले युवा क्लवले समाज परीवर्तन र सचेतनाको लागि बिशेष भुमिका खेल्नुपर्न बताए । देशको भविष्य युवाहरुको भविष्य संग जोडिएको छ ,तर्सथ युवाहरु सधै सचेत भएर अगाडी बढनुपर्ने उनको भनाइ थियो ।
भलीवलमा प्रथम हुन सफल थ्री स्टार क्लव मोचावारीले रु।३० हजार शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने दोश्रो र तेश्रो हुन सफल परीवर्तन युवा क्लव आग्रीडाडा र आयोजकले क्रमश रु।२० हजार र १० हजार सहित शील्ड,मेडल र प्रमाणपत्र पाए ।
साँस्कृतिक कार्यक्रमतर्फ कलाकारहरु विलन थापा ,सविना गुरुङ, विजेन्द्र नौभाग्य ,अरुण थापा र क्लबका कलाकारले प्रस्तुति राखे ।
कार्यक्रममा समाजसेवी कुमार थापा, सिबी थापा लगायतले बोलेका थिए । क्लबका अध्यक्ष मोहन थापाको अध्यक्षतामा भएको कार्यक्रम सन्चारकर्मी गोविन्द सिन्जालीले सञ्चालन गरेका थिए ।






