सुनको मूल्यमा सामान्य वृद्धि

साताको पहिलो दिन आइतबार सुनको मूल्यमा वृद्धि भएको छ।

शुक्रबार प्रतितोला ७४ हजार ८०० मा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु ७५ हजार रुपैयाँमा  कारोवार भाइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएको छ ।

तोलामा ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको तेजावी सुन आइतबार प्रतितोला ७४ हजार ७०० सय रुपियाँमा कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य भने स्थिर रही प्रतितोला ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानाएको छ।