राष्ट्रिय क्रिकेट टोलीको हलभित्र बन्द प्रशिक्षण

दुई दिनदेखि परेको झरीले बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण प्रभावित भएको छ । नेपाल( ओमान र अमेरिका बीचको त्रिकोणात्मक सिरिजको प्रारम्भिक टोली यतिबेला पोखरामा बन्द प्रशिक्षणमा रहेको छ ।

चारदिन अघि पोखरा आईपुगेको टोलीले शुक्रबार मैदानमा प्रशिक्षण गर्न पाएन् । पानी परेकै कारण विहीबार पोखरा रंगशाला क्रिकेट मैदानमा आयोजना गरिएको कास्की ११ र मलेसिया ११ बीको मैत्रीपूर्ण खेल समेत स्थगित हुन पुग्यो ।

२२ दिनसम्म प्रशिक्षण गर्ने तयारीसहित पोखरामा आएको राष्ट्रिय टोलीले शुक्रबार भने पोखरा रंगशाालस्थित बहुउद्देश्यीय कभर्ड हलभित्र प्रशिक्षण गर्यो । नेपाली टोलीका प्रशिक्षक उमेश पटवालले प्रशिक्षण गराईरहेका छन् । हलको एक छेउमा नेट्स प्राक्टिस गरेको क्युरेटर प्रदीप राउतले उल्लेख गरे । पानी नपरेको अवस्थामा क्रिकेट मैदानमै निर्माण गरिएको ६ वटा नेटमा प्राक्टिस गर्दै आएको थियो । मलेसियासँग समेत मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम तय गरिएको छ । शनिबार मलेसियाले कास्की ११ सँग एक दिवसीय खेल्ने छ । त्यसको दुईदिनपछि नेपाली राष्ट्यिर टोलीसँग प्रतिस्पर्धा गर्ने छ ।

kheladinews.com