माघ ३ गते २०७६

ताजा समाचार

माघ ३ गते २०७६

पोखराका किक बक्सिंग टोली ललितपुर तर्फ

 ललितपुरमा आयोजित खुल्ला गणेशमान सिंह स्मृति राष्ट्रिय किक बक्सिंग प्रतियोगितामा पोखराबाट ५ खेलाडीसहित टोली प्रतिस्पर्धामा रिंगमा उत्रिएको छ ।

नेपाल मुवाथाई संघ कास्कीले उनीहरुलाई विदाई गर्यो । ५० केजी पुरुष तर्फ धिरज परियार, ५५ केजी तौलमा मनिस दर्लामी मगर, ६० केजी तौलमा एलिस आचार्य।, महिला ५० केजी तौलमा ज्योति मल्ल ठकुरी र खुल्ला तौल समूहमा सुष्मी श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । खेलाडीसहित प्रशिक्षक दिपकबहादुर गोदार छन् ।

उनीहरुलाई प्रमुख जिल्ला अधिकारी रमेश केसी, नेपाल मुवाथाई संघ कास्कीका अध्यक्ष अब्राहम खान, क्योकुशिन कान कराँते संघक अध्यक्ष बेलबहादुर थापा, साईक्लिंग संघका अध्यक्ष शंकर भण्डारीले विदाई गरे । नगद ७ हजार सहित मुवाथाई ट्रयाक, टोपी लगायतका सामाग्री सहयो स्वरुप हस्तान्तरण गरिएको प्रशिक्षक गोदारले बताए ।

kheladinews.com