माघ ३ गते २०७६

ताजा समाचार

माघ ३ गते २०७६

MCC : नखाउँ दिनभरिको शिकार…

एउटा कुरा निसंदेह छ- MCC बाट लाभ लिन पापड बेल्नुपर्नेछ, घूँडा धसाउनु पर्नेछ, रातदिन खट्नुपर्नेछ, दुनियॉको चाकरी गर्नुपर्नेछ, ककसको चाहिने नचाहिने झपार खानुपर्नेछ, यसले रातारात सरकारी अधिकारीहरूको कार्यसंस्कृति परिवर्तन गरिदिने पनि हैन, अकस्मात क्षमता बढ्ने पनि हैन र बिगतका त्यस्ता सयौं प्रोजेक्टहरूका उपलब्धी, सफलताका दशा र हविगत हामीले बखुबी देख्दै आएका हौं। अहिले एउटा अर्को mcc प्रोजेक्ट प्रसव पिडामा छ।

मुलुकमा विद्यमान प्रोजेक्ट म्यानेजमेन्ट सीप र दक्षताको दृष्टिले MCC बाट लाभको ग्यारेन्टी गरिदिने यो मुलुकमा कोही माईबाप छैन । तर योजना प्रभावकारी नहुदैमा यतिका उठापट्की र यसका विपक्षमा जनमानसमा यतिका विवाद तथा ध्रुबिकरण जुन भइरहेको वा भइसकेको छ, यसले अब mcc आए पनि नआए पनि, जनताको मनोबिज्ञानमा जुन खति पुर्याउनेवाला छ, त्यसको भर्पाई यी नेताहरूले यो जन्ममा गर्न सक्ने अवस्था देखिदैन। तिनका सन्तानले सायद भर्पाईको बोझ बोक्लान्।
प्रोजक्ट तर्जुमा गर्ने बिज्ञहरू र यसको पक्षमा ह्विप जारी गर्ने नेताहरू इतिहॉसको कालखण्डमा नराम्ररी कोर्रा हनाईमा पर्ने पनि निश्चित जस्तै छ।

जत्रै भए पनि प्रजेक्टहरूको बथानमा एउटा प्रोजेक्ट बने पनि नबने पनि केही खुल्क्याउन्न, त्यसलाई त्यतिमात्र महत्व दिनुपर्छ जति दिने हो, न कम न बेसी। जति ठूला नेता वा बिद्वान भए पनि एउटा ५ वर्षे वार्षिक १० अर्बे प्रोजेक्टलाई सर्वश्व मान्दै देवत्वकरण गर्ने, यसले बैतरणी नै पार लगाउला कि जस्तो गर्नेहरू कमजोर आत्मबिश्वास र मानसिकताका बबुरा हुन् क्या बबुरो हजुर!

नखाउँ दिनभरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहार!
विचरा!

लेखक नेपाल सरकारका पूर्वसचिव हुन् ।