आज हामी बाचा गरी एउटा कुरा भनौं
तिमी र म पिरतीको नमुना एक बनौं
मैले तिम्रो, तिम्ले मेरो मानेर नै भर
स्वर्ग जस्तै बनाऔं हामी पिरतीको घर
तिमी र म मिलेर नै जुनी यो काटौंला
सुख , दुख जे परेनी सँगसँगै साटौला
मेरो आत्मा रूदाखेरी आँशु तिम्रो झरोस्
तिम्रो आँशु झर्दा झर्दै मेरो हातमा परोस्
डोली सजाई आउ तिमी मेरै भर परी
यसै गरि बाँचोस् हाम्रो माया जुनी भरी ।




